• २०८३ असार १०
  • 2026 June 24, Wednesday

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी कार्यालय बसुन्धारामा जारी छ।

पूर्व पार्टी सभापति रवि लामिछानेको विषयमा विशेष छलफल गर्न बैठक बसेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताएका थिए । सोहि अनुसार लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकता लिएका छन् ।

अब उनलाई पार्टी सभापतिमा नियुक्त गर्ने भनिएको छ । जसको लागि अहिले केन्द्रिय समिति बैठक बसिरहेको छ ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।

आजको बैठकमा गृहमन्त्री को बन्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।