• २०८३ असार १०
  • 2026 June 24, Wednesday

काठमाडौंका मेयर शाह र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले भेटेका छन् ।

मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो ।

गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।

महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।
केही ठाउँमा काम रोकिन थालेपछि बालेनले गृहमन्त्री भइसकेपछि रवि लामिछानेसँग पनि सहयोग मागेका थिए ।