काठमाडौं । नेकपा एकीकृत समाजवादीका सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमाले नेता भीम रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको बताएका छन् ।
मुलुकमा वाम धुव्रीकरणको आवश्यकता रहेको बताउँदै उनले अब त्यसको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने र यसमा धेरै कम्युनिष्ट नेताहरू जोडिने जनाए ।
बुटवलमा सो पार्टी निकट नेताहरूको कार्यक्रममा यस्तो बताएको नेता सिद्धिचरण भट्टराईले जानकारी दिए ।
उनले समाजवादीलाई २१औँ शताब्दीको पार्टी बनाउने दाबी गरे । भुसालले विचार, सिद्धान्त र मुद्दाका आधारमा जनतालाई गोलबद्ध गर्दै कम्युनिष्ट पार्टी निर्माणमा जुट्ने बताएका छन् ।