
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लि.को आ.व.२०७९/८० को अर्ध वार्षिक प्रगति विवरणको समिक्षा गरेको छ । दूई दिने समिक्षा गोष्ठी धूलिखेल स्थित हिमालय दृश्य रिसोर्टमा भएको थियो ।
गोष्ठीको समूद्घाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्देश्य एवम् स्वागत मन्तव्य राखेका थिए । बैंकका प्रमूख कार्यकारी अधिकृत किरण कूमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको समूद्घाटन गरेका हुन् भने ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमूख आनन्द सूवेदीले उक्त गोष्ठी कार्यक्रमको सञ्चालन गरेका थिए ।
बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमूखहरु, २३ वटा विभागका बिभागीय प्रमूखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवं नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । बैंकका प्रमूख कार्यकारी अधिकृतले गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनितिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको कूरा बताएका थिए । साथै बैंकको मूख्य जिम्मेवारीमा रहेका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमूखहरुले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको लागि बिशेष निर्देशन दिए ।
सहभागी प्रादेशिक प्रमूखहरु र बिभागिय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तूतिकरण गरेका थिए । उक्त प्रस्तूतिकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरुले जिज्ञासा एवम् सूझावहरु राखेका हुन् ।
गोष्ठीको अन्त्यमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरुले अब बैंकले खेल्नू पर्ने भूमिकाको बारेमा प्रष्टाएका थिए भने सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्ता व्यक्त गरेका छन् ।