
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । ५ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३ सय रूपैयाँ कायम गरिएको थियो।
यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तरार्ष्टिट्रय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।