पाकिस्तानको मस्जिद हमलामा परी मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो

काठमाडौं । पाकिस्तानको पेशावारमा हिजो भएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको छ। प्रहरीलाई लक्षित गरी एक मस्जिदमा भएको विस्फोटमा २० जना प्रहरीको ज्यान गएको छ ।

प्रहरीको शवलाई पाकिस्तानी झण्डा ओढाएर अन्त्येष्टि गर्ने तयारी भइरहेको छ।

उक्त मस्जिद उच्च सुरक्षायुक्त प्रहरी मुख्यालय परिसरमा छ। हमला गर्नेहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गर्दै केही वर्षयताकै हिंसात्मक भएको टिप्पणी गरेका छन्। पाकिस्तानी तालिबानले घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेको छ।

मस्जिदमा नमाज पढिरहेको बेला बम विस्फोट भएकाले थुप्रै व्यक्ति अझै भग्नावशेषभित्र पुरिएको हुनसक्ने आकलन गरिएको छ।
घटनामा एक सयभन्दा बढी घाइते भएका छन्। यस्तै घटनाको समयमा करिब तीनदेखि चार सय प्रहरी त्यस स्थान वरपर रहेको बताइएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१