काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले गाउँमा बाँदर आंतक मच्चिएकोेले यसको नियन्त्रणमा लाग्न सरकारलाई अनुरोध गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले बाँदर आतंकले गाउँघरमा खेतीबाली मासेको बताए । किसानले समयमा मलबीउ नपाएको, सिंचाइको अभाव भएकोले समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले थपे ‘यो बाँदर प्रवृती राज्यका चारै अङ्गतिर फैलिएको छ यसलाई सजकता पूर्वक कसैले रोकथाम गरिदियाेस् सरकारलाई ध्यानाकर्षण गराउँदछु ।’