• २०८३ असार १०
  • 2026 June 24, Wednesday

बालुवाटारमा प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि बालुवाटार पुगेका छन्। गुमेको गृहमन्त्री पदको बारेमा छलफल गर्न लामिछाने बालुवाटार पुगेका हुन् ।

भेटमा लामिछानेले पूर्व सहमती अनुसार गृह मन्त्रालय आफ्नै भागमा परेकाले गृहमन्त्रीमा पुर्नबाहाली गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले तत्काल गृहमन्त्रीमा नियुक्त नगर्ने बताएपछि उनी बालुवाटरबाट बाहिर निस्किएका छन् । बालुवाटरबाट निस्केपछि उनी नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बुझिएको छ ।

सर्वोच्च अदालतले रविको नागरिकता अवैध भएको निर्णय गरेपछि उनको गृहमन्त्री पद गुमेको थियो। सर्वोच्चको आदेश अनुसार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिइसकेका छन्। नागरिकता पुनः प्राप्ती गरेसँगै उनले बारम्बार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर गृहमन्त्रीमा पुर्नबाहाली गर्न दवाव दिदै आएका छन् ।

तर, प्रधानमन्त्री प्रचण्ड भने पुनः गृह मन्त्रालय रास्वपालाई दिने पक्षमा नरहेको बुझिएको छ। प्रचण्डको पछिल्लो निर्णयमा ओलीसमेत सहमत देखिएका छन् ।