काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् ।
पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । तर, हमालले दिएको जवाफबारे उनले खुलाएका छैनन् ।
नेता पाण्डेले लेखेका छन्, ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ । आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो । संविधानका आधारभूत विशेषताबारे छलफल भयो । वैकल्पिक राजनीतिबारे छलफल भयो । उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो ।’
साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ ।