• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवि लामिछानेले भने – माैनता आजसम्म मात्र हाे, म अभिमन्यु हाेइन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नाे माैनता आजसम्मका लागिमात्र भएकाे बताएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमा एक पाेस्ट लेखेर अब आफूलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरीहाल्नु होला, लेखिहाल्नु होला भन्ने आग्रह गरेका छन् ।

उनले अब आफ्नाे माैनता आज सम्मका लागि मात्र भएकाे पनि उल्लेख गरेका छन् । उनले आफू अभिमन्यु नभएकाे पनि उल्लेख गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

त्यसपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरिसकेका छन् ।

त्यसपछि रास्वपाले गृह मन्त्रालयमा दाबी गरिरहेको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा छन् ।