• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काभ्रेको भकुन्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काभ्रेको भकुन्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो ।

बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।