• २०८३ असार १०
  • 2026 June 24, Wednesday

सांसद पक्राउ परेपछि रञ्जिताकाे आक्राेश : हाम्राे समर्थन नचाहिने रहेछ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले सरकारलाई आफूहरुको समर्थन नचाहिएको बताएकी छन् ।

सो पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उनले अपराधी थारूलाई मात्र देखेको आरोप लगाइन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ ।’

कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो ।

ट्रयाक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।