• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पुनः टीममा परेका हुन् ।

निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए ।

सन्दीप टिमलाई आवश्यक परेको हुनाले फर्काइएको उनको भनाइ छ । सन्दीपले बिहीबार प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग कीर्तिपुरमा भेट पनि गरिसकेका छन् ।

क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए ।

तर, उनलाई हिरासतमै राखेर कानुनी प्रक्रिया अघि बढाइनु पर्ने भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ ।