• २०८३ असार १०
  • 2026 June 24, Wednesday

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बस्दै छ ।

आज दिउँसो ३ बजे बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । आजको बैठकमा नेताहरूले गृहमन्त्री चयन, राष्ट्रपति निर्वाचन र पार्टीको जिम्मेवारी हेरफेर लगायत विषयमा धारणा राख्ने बताइएको छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए ।