साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं। साफ यु २० महिला च्याम्पियनशिप शुक्रवारदेखि सुरु हुँदैछ । २० वर्षमुनीको महिला च्याम्पियनशिपमा नेपाल, बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् ।

बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा सुरु हुनेछ । त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो खेलमा मङ्गलबार भारतसँग खेल्नेछ ।

सिङ्गल राउन्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीबीच बिहीवार फाइनल खेल हुनेछ ।

नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यसअघि १८ र १९ वर्षमुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा हुन लागेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१