सन्दीपविरूद्ध मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धमा सर्वोच्च अदातले कैफियत प्रतिवेदन मागेको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने आदेश मागेको हो ।

न्यायाधीश फुयालको इजलासले कैफियत प्रतिवेदन मागेको आदेश अदालतको वेबसाइटमा उल्लेख छ । उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेशी तोकिनेछ ।

लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै सर्वोच्चमा सरकारका तर्फबाट महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको थियो ।

उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१