आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि विद्यार्थी परिषद्काे नवौं राष्ट्रिय अधिवेशन

धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन भन्ने मूल नाराका साथ राष्ट्रिय अधिवेशनकाे लाेगाे सार्वजनिक गरेकाे छ ।

सुदूरपश्चिमकाे धनगढीमा हुन गइरहेको विद्यार्थी परिषद्काे ९ ओैँ राष्ट्रिय अधिवेशनकाे बारेमा जानकारी दिनका लागि शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनबाट अधिवेशनकाे नारा र लाेगाे सार्वजनिक गरिएको हाे ।

परिषद्ले “आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि ९ ओैँ राष्ट्रिय अधिवेशन ” आँउदाे चैत्र १८, १९ र २० गते १२ यश भन्दाबढी प्रतिनिधिहरूकाे उपस्थितिमा धनगढीमा आयोजना गर्न गइरहेको परिषद्का महासचिव छितराज न्याैपानेले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा महासचिव छितराज न्याैपानेले प्रेस नाेट सार्वजनिक गर्दै अधिवेशन बारे जानकारी गराएका थिए ।

विद्यार्थी परिषद्ले सार्वजनिक गरेकाे प्रेस नाेट :

विद्यार्थी परिषद् २०५२ सालमा स्थापना भइ असल व्यक्ति निर्माणमार्फत् राष्ट्र पुन: निर्माणको अभियानमा नेपालका ७७ वटै जिल्लामा निरन्तर आफ्ना गतिविधिहरू सञ्चालन हुँदै आइरहेको छ ।

नेपालको विद्यार्थी आन्दोलनलाई सकारात्मक दिशा प्रदान गर्दै शिक्षाक्षेत्रलाई रचनात्मक एवं दलीय राजनीतिमुक्त गर्ने संकल्पका साथ परिषद् शिक्षाक्षेत्रमा सक्रिय छ। आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा राष्ट्रिय विषयमा जनजागरण अभियान, सामाजिक गतिविधि, सेवाकार्य तथा शिक्षाका विविध विषयमा केन्द्रित रहँदै संगठन विस्तार तथा सुदृढीकरणका लागि निरन्तर सक्रिय छ ।

जसका लागि परिषद्ले प्रत्येक दुई वर्षमा विभिन्न विषयमा केन्द्रित रहदै आफ्नो राष्ट्रिय अधिवेशन सम्पन्न गर्दै आइरहेको छ यसैक्रममा आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन भन्ने मूल ध्येयका साथ परिषद्को राष्ट्रिय अधिवेशन आगामी चैत्र १८, १९ र २० गते सुन्दर सुदुरपश्चिमको मुटु धनगढीमा सम्पन्न हुन गइरहेको छ । जसमा देशभरका विद्यार्थी तथा शिक्षक कार्यकर्ता, अतिथि प्रतिनिधि तथा विशेष व्यक्तिहरू सहित १२०० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

अधिवेशनमा उद्घाटन समारोह, शोभा यात्रा, खुल्ला अधिवेशन, प्रस्ताव सत्र आदि महत्वपूर्ण सवहरू रहनेछन् । अधिवेशनको एक सत्रमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा समाजमा प्रेरणादायी कार्य गर्ने युवालाई पुरस्कृत गरिनेछ । अधिवेशनमा राष्ट्रिय सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र, पर्यटन, कृषि, उद्यमशीलता, शिक्षा, सेवा एवं संवेदना आदि विषयमा विशिष्ट विद्वानहरूको उपस्थितिमा समानान्तर सत्र सञ्चालन हुनेछन् विभिन्न विषयमा भाषण सत्र रहनेछन् भने शिक्षा, आर्थिक तथा समसामयिक विषयमा महत्वपूर्ण प्रस्तावसमेत पारित हुनेछन् ।

अधिवेशनमा राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निवाचन सहित केन्द्रीय कार्यकारिणी समितिको घोषणा हुनेछ । अधिवेशनका सम्पूर्ण विषयको तयारीमा धनगढीका कार्यकर्ता अगाडि बढिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१