• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रतिनिधि सभाकाे बैठक आज, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

कार्यसूचीअनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश पेस गरिनेछ ।