
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरेका छन् ।
सोमबार पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै आयोजित पत्रकार सम्मेलनमा मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे ।
यही क्रममा उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश पोखे । मन्त्री पद जाँदा केही अलिअलि झोँक पनि चलेको उनले स्वीकार गरे ।
‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि ! उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’
उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह पनि गरे ।
याे पनि पढ्नुहाेस् ।
मिडियाले चारैतिरबाट प्रहार गरेको आराेपसहित रविले मिडिया सम्पादकलाई साेधे- मेरो अपराध के हो ?