• २०८३ असार १०
  • 2026 June 24, Wednesday

माघ २८ गते राष्ट्रपति भण्डारीले रात्रिभोज दिँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्‍हरूका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजको आयोजना गर्ने भएकी हुन् ।​

संघीय संसद्‍का सांसद्‍हरूलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पार्टी नेपालका सा‌ंसद राजकिशोर यादवले जानकारी दिए ।

राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका उच्च अधिकारी कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित हुनेछन् ।​

आगामी २७ गते संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्न लागेकी हुन् ।

नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजका रूपमा हेरिएको छ ।

निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।