प्रधानमन्त्री प्रचण्डका तीन भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रमुख सामन्थाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिइन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच बुधबार भेटवार्ता भएको छ । बुधबार नै नेपाल भ्रमणमा आएकी उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेट गरेकी हुन् ।

नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

यसैबिच, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१