टर्की भूकम्प : मृत्यु हुनेको संख्या २१ हजार बढी

काठमाडौं । सोमबार गएको शक्तिशाली भूकम्पका कारण सिरिया र टर्कीमा २१ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

चौबीसै घण्टा उद्धार कार्य जारी छ तर हिउँ र वर्षाले बाँच्नेहरूको समस्या थपिएको एनडि टिभीले जनाएको छ।

विनाशकारी भूकम्पको पूर्व तयारी असम्भव प्राय रहेको राष्ट्रपति एर्दोगानको भनाई छ । टर्की सरकारको आपतकालीन सेवा निकै कमजोर र उद्धार कार्य सुस्त भएको विपक्षी दलको आलोचनापछि राष्ट्रपति एर्दोगानको यस्तो भनाई आएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१