उच्चस्तरीय संयन्त्रकाे बैठकपछि पार्टी छलफलमा रवि लामिछाने, सरकारमा सहभागी हुने सम्भावना !

काठमाडाैं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीभित्र आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलगत्तै रास्वपाका नेताहरू छलफलमा जुटेका हुन् ।

बालुवाटार बैठकमा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।

बालुवाटार छलफलमा सभापति लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । सोही आग्रहबारे छलफल गर्न पार्टी कार्यालयमा शीर्ष नेताहरू जुटेका हुन् ।

सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । गृह मन्त्रालय नपाएपछि असन्तुष्ट भएर सरकार छाडेको रास्वपा पुनः सरकारमा फर्कनसक्ने सम्भावना छ ।

सभापति लामिछाने सरकार गठन हुँदाको सहमति कार्यान्वयन भए सरकारमा फर्कनसक्ने मुडमा रहेको रास्वपाका एक नेताकाे दाबी छ । यद्यपी यसबारे छलफल भइरहेकाे उनले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१