काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको मिति तय गरेको हो ।
गत मंसिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको नागरिकताका कारण अयोग्य भएपछि उनको पद खारेज भएको थियो ।
