बसको ठक्करले महिलाको मृत्यु भएपछि तनावग्रस्त बन्याे वीरेन्द्रनगर

सुर्खेत । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि वीरेन्द्ननगर तनावग्रस्त बनेकाे छ ।

उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।

बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो ।

रावत हाल वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी थिइन । बा४ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए ।

उनीहरु सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिए छन् । आफन्तलाई नसोधेर शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । केही स्थानमा प्रहरी र आन्दाेलनकारीबीच झडप पनि भएकाे छ ।