कांग्रेसको प्रस्ताव अस्वीकार गरे प्रचण्ड पछुताउनेछन् (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले चाँडै केन्द्रदेखि प्रदेशसम्म कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता गुरुङले कम्तीमा ६ वटा प्रदेश र केन्द्रमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सत्ता गठबन्धन आफैँ भित्रको विवाद र स्वार्थले धराशायी हुँदै गएकाले चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था सृजना भएको उनको भनाइ छ ।

गुरुङ भन्छन्, ‘नेकपा माओवादी केन्द्र लगायतका दलहरुसँग हाम्रो कुरा भैरहेको छ । राष्ट्रपति लगायत संघीय र प्रदेश सरकारका विषयमा छलफल भैरहेको छ । छिटै परिणाम आउँछ ।’

नेपाली कांग्रेसकै प्रस्तावमा राष्ट्रपति चयन हुने गुरुङ बताउँछन् । उनी भन्छन्, ‘कांग्रेसबाहेक हामी अन्य कुनैपनि दलको प्रस्ताव मान्दैनौ । कांग्रेस राजनीतिक व्यक्ति राष्ट्रपति हुनुपर्ने पक्षमा रहेको र त्यस्तो व्यक्ति पार्टी भित्रैबाट चयन गर्नेछौं । मनोनयनको अघिल्लो दिन उम्मेदवार तय हुन्छ ।’

राष्ट्रपति चयन लगायत आन्तरिक राजनीतिमा विदेशीको चासो बढेको स्वीकार्दै उनले कुटनीतिक कौशलता प्रदर्शन गरी राष्ट्रिय एकताकासाथ भू–राजनीतिक चुनौतीहरु सामना गर्नुपर्ने धारणा राखे ।

कांग्रेसमा महामन्त्री लगायत पार्टी पदाधिकारीका क्रियाकलाप शोभनिय नभएको उनको टिप्पणी छ । उनी भन्छन्, ‘उहाँहरुका गतिविधि हेर्दा लाज लाग्छ । के टिप्पणी गर्नु ? केटाकेटी पारा भयो ।’

नेता गुरुङले रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने नबनाउने कुरा संवैधानिक र प्रधानमन्त्रीमा अन्तरनिहित अधिकार भएको प्रष्ट पारे । प्रधानमन्त्री लामिछानेमाथिका मुद्दा, यो प्रकरणसँग जोडिएका कानुनी पाटा र राजनीतिक अवस्थाबारे जानकार भएकाले यो विषयमा उनको निर्णय सबैका लागि चासोको रुपमा रहेको उनको धारणा छ ।

विस्तृतमा भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१