
काठमाडाैं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।