इन्गेजमेन्टपछि रविनालाई बधाईको ओइरो, छोरा बुहारीले यसो भने

काठमाडौं । भ्यालेन्टाइन्स डेको दिनमा इन्गेजमेन्ट गरेकी पूर्व बैंकर रविना देशराजलाई बधाईको ओइरो लागेको छ । आफूले इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा फोटो हालेपछि उनलाई धेरैले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उक्त फोटोमा रविनाका छोरा–बुहारीलगायत नेपाली सिने जगत्का कलाकार र रविनाका प्रेमी स्टुअर्ट अलेक्जेन्डर च्यापम्यानकी छोरीले समेत बधाई दिँदै खुसी व्यक्त गरेका छन् ।

फोटोमा सबैभन्दा पहिला बुहारी प्रियंका कार्कीको कमेन्ट छ । उनले लेखेकी छिन्, ‘यहाँ भावना पूरै छताछुल्ल छ ।’

यस्तै, कान्छो छोरा आशिरमान देशराज श्रेष्ठ जोशीले आफू आमाका लागि निकै खुसी भएको बताएका छन् ।

यस्तै, जेठो छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले आफ्नो खुसी व्यक्त गर्दै लेखेका छन्, ‘ओ, माई गड ।’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१