
माेरङ । मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे हाे ।
मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ ।
खतिवडा आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी’ थेगोले उनी चर्चित छन्।