चन्द्र भण्डारीलाई अस्पतालबाट विमानस्थलतर्फ लगिदै, विमान तयारी अवस्थामा

काठमाडौं । ग्यास विस्फोटबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एअरलाइन्सको विमान तयारी अवस्थामा छ ।

‘विमान तयारी अवस्थामा छ, उनीहरू आउनेबित्तिकै उड्छ’, श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने। डाक्टर र आफन्तसहितको टोली मुम्बई जान लागेको भण्डारीको सचिवालयले जनाएको छ ।

काठमाण्डौको बुद्धनगरमा रहेको घरमा बुधवार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए ।। उनीहरूलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । ग्यास लिक भएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१