
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर हिन्दु परम्पराअनुसार विवाह गर्ने तयारी छ ।सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट अभिनय करिअर शुरु गरेकी अभिनेत्री सुरक्षा पन्तले ‘आमा’ , ‘धनपति’, ‘गोपी’ जस्ता दर्जनौ चलचित्रमा अभिनय गरेकी छन् ।
पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरे । उनी यतिबेला छोटो फिल्मको निर्देशन गर्दैछन् । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो । झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए ।