• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेँडा ३५ रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ तोकिएको छ।

यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल गोलभेँडा १५ रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, पालुंगो साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० र हरियो धनियाँ ३० रुपैयाँ कायम गरिएको छ।

यसैगरी, ताजा रहु माछा ३३० रुपैयाँ केजी, मुंगरी माछा ३१० रुपैयाँ केजी, ताजा बचुवा माछा २६० रुपैयाँ केजी र ताजा छडीको माछा प्रतिकेजी २४० रुपैयाँमा बिक्री भइरहेको छ।