सन्दीपको मुद्दाको पेशी आज पनि स्थगित

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको काठमाडौं जिल्ला अदालतको पेशी सोमबार पुनः स्थगित भएको छ ।

न्यायाधीश उपस्थित हुन नसकेपछि पेशी स्थगित भएको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए ।

सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको थियो । उनको मुद्दा नवौं नम्बरमा रहेको भए पनि न्यायाधीश अनुपस्थित रहने भएपछि पेशी स्थगित भएको हो ।

सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।

सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै उनी अहिले राष्ट्रिय टिमबाट क्रिकेट खेलिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१