चैत २ गतेदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने

काठमाडौं । कमेडियन जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को औपचारिक घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा शोको टिमबारे जानकारी दिइएका छन् ।

यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम अबदेखि कान्तिपुर टिभीमा प्रसारण हुने भएको छ । दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की हुनेछिन् ।

कीइन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गते विहिबार राती ९ बजे देखी प्रसारण हुने भएको छ । दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटासहितका कलाकार कार्यक्रममा प्रस्तुत हुने भएका छन् । कार्यक्रम संयोजकमा सुमन गिरी भान्जा छन

सबै उमेर समूहका दर्शकलाई लक्षित गरि पारिवारिक शो बनाउन लागिएको जानकारी उनले दिए । ५२ एपिसोड प्रसारण गर्ने तयारी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१