घरभित्रको गोप्य तस्बिर खिचेपछि रिसाइन् आलिया भट्ट

काठमाडौं । आलिया भट्टले मङ्गलवार राती इन्स्टाग्राम मार्फत मिडियामाथि आक्रोश पोखेकी छिन् । यसका साथै, उनले एक प्रकाशन गृहमाथि आफ्नो गोपनीयतामा दखल दिएको आरोपसमेत लगाइन् । वास्तवमा भारतको एक मिडियाले आलियाको लिभिङ रुममा बसिरहेको फोटो सेयर गरेको थियो जुन देखेपछि आलिया रिसाइन् ।

आलिया भट्टले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्, ‘मलाई जिस्काइरहेको हो? म आफ्नो घरको लिभिङ रुममा दिउँसो आनन्दले बसिरहेका बेला कसैले मलाई हेरिरहेको जस्तो लाग्यो । मैले यताउता हेरेँ । दुई जना केटाहरू क्यामरा तेर्साएर मेरो छिमेकीको कौसीमा बसिरहेको देखेँ ।’

उनले थपिन्, ‘यस्तो गर्नु कुन दुनियाँमा ठिक र जायज छ? यो कसैको गोपनीयताको गम्भीर हनन हो । केही सीमा यस्ता हुन्छन् जुन पार गर्नु हुँदैन तर म यहाँ के भन्न सक्छु भने आज यी सबै सीमा पार भयो ।’

उनले यसमा मुम्बई प्रहरीलाई ट्याग गरेकी छिन् ।सेलिब्रेटीहरूले आलियालाई समर्थन गरेका छन् ।

आलियाको यो पोस्ट हेरेपछि उनकी बहिनी शाहिन भट्ट, अर्जुन कपूर, अनुष्का शर्मा, करण जोहर, स्वरा भास्कर र जाह्नवी कपुरलगायत धेरै सेलेब्सले मिडियाप्रति आक्रोश पोखेका छन् ।सेलिब्रेटीका भनाई अनुसार्  ‘ एउटी महिला आफ्नै घरमा पनि सुरक्षित महसुस गरिरहेकी छैनन्, जसले सार्वजनिक व्यक्तिको तस्बिर खिच्छन्, के उनीहरुले यो सीमा नाघ्नु सही हो ?’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१