काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्माले आफ्नै युट्युव च्यानल खोलेका छन् । उनले आफ्नो ७२ औं जन्मदिनको अवसरमा ‘केपी बा’ नामक युट्युव च्यानल सुरु गरेका हुन् ।
उक्त युट्युव च्यानलमा उनले जन्मदिनको अवसरमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए।’ शिर्षकको पहिलो भिडियो राखेका छन् ।
आउँदो पुस्तालाई सुनाउन आफ्ना अनुभव र स्मरण राखिने उनले जानकारी दिएका छन् ।