
काठमाडाैं । नेकपा एमाले छाडेर नागरिक बचाऔँ अभियान सुरु गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि सांसद र मन्त्री पद बेचेकाे आराेप लगाएका छन् ।
गएकाे बिहीबार कैलालीकाे टीकापुरमा आफ्नो महाअभियानलाई साथ दिन अपिल गरिएकाे सार क्रममा उनले यस्ताे आराेप लगाएका हुन् । उनले भने, ‘जहिले राजा र हिन्दू धर्म देखाएर राजनीति गर्नुहुन्थ्याे उहाँकाे भाँडाे नै हरायाे ।’
उनले आफूले पत्रकार सम्मेलन गरेर स्टेटमेन्ट देखाउने चुनाैतीसहित भने, ‘उहाँले एक जना मान्छेलाई सांसद बनाउँदा ८ कराेड २५ लाख लिएकाे छ । एक जनालाई मन्त्री बनाउँदा १३ कराेड रुपैयाँ लिएकाे छ ।’
उनले केही समयअघिमात्र ९० कराेड रुपैयाँ उठाएर खाएकाे दाबी पनि गरे । उनले लिङ्देनले आफूलाई ठगेकाे भनेकाे र आफूले ठगे/नठगेकाे बारे पत्रकार सम्मेलन गरेर सम्पूर्ण बयान दिने जानकारी पनि गराए ।
आफूले राजेन्द्र लिङ्देनकै चुनावी क्षेत्रमा सहकारीकाे पैसा तिर्न नसकेर तीन जना चेलीले एउटै हाँगामा झुण्डिएर आत्महत्या गरेपछि आफूलाई याे अभियान सुरु गर्न मन लागेकाे बताए । उनले आफू पहिले नेपालमा गणतन्त्रकाे पक्षमा लागेकाे तर अब नेपालमा गणतन्त्र आवश्यक नभएकाे बताए ।
हेर्नुहाेस् भिडिओ :