पोखरामा एटीएम मेसिन फोर्ने प्रयास

काठमाडौँ । कास्की प्रहरीले एटीएम मेसिन फोर्ने प्रयास गरिरहेका २ जनालाई पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटन बस्ने उदयपुर गाइघाटका २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङदी घर भई छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लुबहादुर गुरुङ पक्राउ परेका छन् । उनीहरूले एकैरातमा ३ वटा एटीएम फोड्ने प्रयास गरेका थिए ।

कास्की प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पोखरा रामबजारस्थित एनआइसी बैंक, सांग्रिला विकास बैंक, वन क्याम्पस नजिकै रहेको नेपाल बैंकको एटीएम मेशिन फोड्ने प्रयास, सीसी क्यामेरा फुटाउने, छोप्ने कार्य गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

सूचना अधिकारी खड्काले भने, ‘निजहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।’

गत साउन ३ गते मध्यराति २ बजे पोखरा(२७ लेखनाथस्थित तालचोकमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट करिब १५ लाख चोरी भएको थियो ।अनुसन्धान गर्दा एटीएम मेसिन फोडेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ चोरी भएको पत्ता लाग्यो । एनएमबी बैंकको एटीएम फोडेर फरार रहेका नवलपुरको देवचुली नगरपालिका घर भई पोखरा महानगरपालिका ३०, डुँडुलेमा बस्दै आएका २१ वर्षीय अनिष तामाङलाई पक्राउ गरेको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१