
काठमाडाैं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरूको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए ।
सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन गरेका छन् । ‘शून्य समय र विशेष समयमा माननीय सदस्यहरूबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन दिन्छु,’ उनले रुलिङ गर्दै भने ।
संसदमा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।