
काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
कांग्रेसको शनिवार बिहान बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पौडेलको आग्रहमा लामिछाने आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ ।