
काठमाडाैं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेकाे मुद्दामा आज सर्वाेच्चमा सुनुवाई हुँदै छ । धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुन लागेकाे हाे ।
उच्च अदालत पाटनले २० लाख धरौटीमा छाडेपछि लामिछाने कारागार बाहिरै रहेर मुद्दा लडिरहेका छन् । उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वाेच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्छ ।
यसैबीच, सन्दीपले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदनमा पनि आज सर्वाेच्चले सुनुवाइ गर्दै छ । दुवै निवेदनमाथि सर्वाेच्चले सुनुवाइ गर्ने भएको हो ।
सरकारले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ भने सन्दीपले धरौटी रकम घटाउनुपर्ने, विदेश जान लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मानमर्यादामा आँच पुर्याएकाले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
जबर्जस्ती करणीको मुद्दामा उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ ।