• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुन–चाँदीको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।आज प्रतितोला चार सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।