फिल्म ‘सेल्फी’ फ्लपको जिम्मेवारी अक्षय कुमारले लिने

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सेल्फी’ रिलिज भएकाे छ ।

करिब १५० करोडको बजेटमा बनेको यो फिल्मले पहिलो दिन निकै खराब प्रदर्शन गरेको थियो । फिल्मले दोस्रो दिन पनि झण्डै उस्तै व्यापार गरेको थियो । गत वर्षलगातार चार पटक फ्लप फिल्म दिने अक्षय कुमारको यो वर्ष रिलिज भएको यो पहिलो फिल्म हो । यो पनि फ्लप साबित भयो ।

अक्षय कुमारले हालै आफ्नो ब्याक टु ब्याक फ्लप फिल्मको बारेमा आफ्नो मौनता तोडेका छन् । हालैको कुराकानीमा अक्षय कुमारले आफूसँग यो पहिलो पटक नभएको बताए । गल्ती गर्दा यस्तो हुने गरेको अभिनेताले बताए । यससँगै अक्षयले आफ्ना फिल्म फ्लपको जिम्मेवारी पनि लिएका छन् ।

आफ्नो फिल्मको असफलताको व्याख्या गरी अक्षयले भने, ‘हरेक क्रिकेटरले हरेक दिन शतक बनाउन सम्भव छैन । अब मेरा फ्यानहरू म परिवर्तन भएको र मेराे अलग चरित्र हेर्न चाहेका छन् । म त्यही अनुरुप काम गर्छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१