
काठमाडौं । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरमा निर्माण गरिरहेको मल्टिप्लेक्स नयाँ वर्ष अर्थात् २०८० को वैशाखमा आउने भएको छ ।
कलाकार दीपकराज गिरीले एक अन्तवार्तामा निर्माणाधीन हल वैशाखसम्ममा उद्घाटन गरिसक्ने योजना रहेको बताए ।
हाल प्रर्दशनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा ४’ को प्रचार, प्रसारमा जुटेका कलाकार दीपक–दीपाको हल उनीहरुकै फिल्म ‘छक्का पन्जा ४’ रिलिजको समय आउने बताइएको थियो । तर दीपकले फिल्मको रिलिजलाई टारगेट गरेर ल्याउने तयारी गरे पनि काम नसकिएकोले गर्दा वैशाखदेखि मात्र सञ्चालनमा आउने भएको छ ।
आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा बन्दैछ । दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । यसैगरी दीपक– दीपकोको ‘छक्कापञ्जा ४’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।