• २०८३ असार २३
  • 2026 July 07, Tuesday

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा केहि जहाज फर्किए, केहि आकाशमै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।

कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् । आज यस पटकको पहिलो हिउँदे वर्षा भएको छ ।