
काठमाडौं । नाबालिका बलात्कारकाे अभियाेगमा अभिनेता पल शाहले सफाइ पाएपछि नायिका पूजा शर्माले खुसी व्यक्त गरेकी छन् ।
पल शाहको तस्विर फेसबु्कमा शेयर गरेर उनले पानी परेसँगै सबै फोहोर पखालिएको टिप्पणीसमेत गरेकी छन् ।
उनले पलले सफाइ पाएपछि अब सबै कुरा सुन्दर भएर आएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान् ।’