सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको मूल्य सोमबार घटेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१