एक वर्षपछि अभिनेता पल शाह जेलमुक्त

काठमाडौं । अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आज रिहा भएका हुन् ।

बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।

बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा ९ आजकै दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

उनी आज जेलमुक्त हुनेभएपछि विहानैदेखि कारागार बाहिर उनका समर्थकको भिड लागेको थियो । पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो ।

उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१