
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले माना चामलको मुद्दा जितेकी छन् । सम्बन्ध विच्छेद भएपछि उनले निर्देशक छविराज ओझा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।
शिल्पाले छवि विरुद्ध डिभोर्स तथा माना चामलको मुद्दा हालेकी थिइन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको छ ।
योसँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स समेत भएको छ । अब छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्नेछ भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ ।
अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा समेत खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको हो ।
जिल्लामा मुद्दा हारेका छविराज ओझा शिल्पासँगको छलफलपछि उच्च अदालत जाने/नजाने निर्णय गर्ने तयारीमा छन् ।