एलन मस्क बने फेरि विश्वको सबैभन्दा धनी व्यक्ति

काठमाडाैं । एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् ।

सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएका थिए ।

सोमबार टेस्ला स्टकमा बढोत्तरी भएपछि मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो ।

मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन डलर पुगेको छ । अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन डलर रहेको छ ।

मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि मात्र होइन उनले इतिहासमा धेरै घाटा खाने व्यक्तिको रेकर्ड पनि राखेका छन् । गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए ।

उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियन डलरमा झरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१